काँग्रेस क्षेत्रिय सभापति केसी कुटिए
  • काँचुली खबर

बैशाख १९, कोहलपुर /  नेपाली काँग्रेसका क्षेत्रिय सभापति पोषण केसीलाई कार्यकर्ताले दुब्र्यवहार गरेका छन । कोहलपुर २ मा रहेको नेपाली काँग्रेसको चुनावी र्याली तथा घरदैलोमा सहभागी केसीलाई बर्दहवा गाँउमा कार्यकर्ताले हातपात गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

टिकट बितरणका बिषयमा असन्तुष्ट कार्यकर्ताको समुहले हातपात गरेको हुनसक्ने प्रहरीले जनाएको छ । टिकट बितरणमा वडा तहको सिफारीस भन्दा नेताहरुले मनोमानी गरेको भन्दै कार्यकर्ता तहमा व्यपाक असुन्तुष्ट छ । कोहलपुरमा स्थानिय तहको टिकट बितरणका बिषयलाई लिएर काँग्रेसभित्र व्यपाक असन्तुष्टी छ ।

एक कार्यक्रर्ताका अनुसार असन्तुष्टीका बिच चुनावी अभियान आगाडी बढाउदा अन्य दल भन्दा नेपाली काँग्रेस बिच आपसी लडाई अन्य वडामा पनि हुन सक्ने भएकाले व्यापक प्रहरी परिचालन गर्नुपर्ने अवस्था छ ।

  • १९ बैशाख २०७९, सोमबार १४:१४ प्रकाशित
  • Nabintech