बाँके । राप्रपा नेपालका केन्द्रिय सदस्य श्रीधारले राजिनामा दिएका छन । उनले राप्रपा नेपालको केन्द्रिय सदस्य तथा साधारण सदस्य समेत जनाएका छन ।
श्रीधारले आसन्न स्थानिय निर्वाचनमा राप्रपा नेपालले अघि सारेका उमेद्वारहरूलाई सघाउन कुनै कसर बाँकी बाँकी नराख्ने प्रतिबद्धता गर्दै विज्ञप्तीमर्फत राजिनामा दिएको घोषणा गरेका छन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले विज्ञप्तीमा यस्तो लेखेका छन ‘विशेष उद्देश्य प्राप्तिको लागि दिगो परिवर्तन लागि अग्रगामी परिवर्तनको विश्वव्यापी मूल्य मान्यतालाई आत्मसाथ गर्दै २०६८ सालदेखि तत्कालिन राप्रपा नेपालमार्फत सक्रिय राजनीतिक यात्रालाई अङ्गिकार गरेयता नेपाली राजनीतिलाई नजिकबाट बुझ्ने अवसर प्राप्त भयो । नेपाललाई हिन्दु राष्ट्रका रूपमा पुर्नस्थापना गर्ने महान अभियानमा प्रजातन्त्र र वैदिक सनातन हिन्दु राष्ट्रका अभियन्ता श्रद्धेय कमल थापा ज्यूसँग निकट रहेर राजनीति सिक्न र बुझ्न पाउनु मेरो अहोभाग्य थियो । राप्रपा नेपाल, राप्रपा र पुनः राप्रपा नेपालसम्म आईपुग्दा जिल्ला सदस्य, जिल्ला पार्टी प्रवक्ता हुँदै राप्रपा नेपालको केन्द्रीय सदस्यमा चयन हुनु मेरा लागि वास्तवमै ऐतिहासिक राजनीतिक सफलता हासिल थियो, गर्व छ मलाई यो राजनितिक सफलतामा । मेरो जिवनमा राजनीतिक आदर्श पुरूषका रूपमा श्रद्धेय अध्यक्ष कमल थापा रहनेमा कुनै शंका छैन । विशेष परिस्थितिका कारण अबको समयमा स्वतन्त्र रूपमा बस्नैपर्ने बाध्यात्मक परिबन्धको विकल्प नभएकाले कठोर निर्णय लिने निर्णयमा पुगेको छु । आसन्न स्थानिय निर्वाचनमा राप्रपा नेपालले अघि सारेका उमेद्वारहरूलाई सघाउन कुनै कसर बाँकी बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै राप्रपा नेपालको केन्द्रिय सदस्य तथा साधारण सदस्य पदबाट राजिनामा दिएको घोषणा गर्दछु ।’
१६ बैशाख २०७९, शुक्रबार १३:४८ प्रकाशित