युवा ब्यवसायी हमालद्धारा वडाध्यक्षमा उम्मेदवारी घोषणा
  • काँचुली खबर

आसन्न स्थानीय तहको निर्वाचनमा कोहलपुरका युवा ब्यवसायी सोभन हमालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन । बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० निवासी हमालले आगामी निर्वाचनकालागि वडाध्यक्ष्ँको उम्मेदवार बन्ने घोषणा गरेका हुन ।

स्थानिय तहको निर्वाचन मिति नजिकिदैं गर्दा बाँकेमा चुनावी सरगर्मी बढेको छ । अहिलेसम्म कुनै राजनितिक दलले आफ्ना उम्मेदवार टुङ्गाएका छैनन् । तर सामाजिक गतिविधिमा सक्रिय युवाहरु भने आफुलाई स्वतन्त्र उम्मेदवारका रुपमा प्रस्तुत गर्न लागिपरेका छन । यसै सिलसिलामा हमालले कोहलपुर नगरपालिका वडा नं. १० को वडाध्यक्षमा स्वतनत्र उम्मेदवारी दिने घोषणा गरेका हुन ।

ब्यवसायसँगै सामाजिक गतिविधिमा समेत सक्रिय हुँदै आएका २८ वर्षीय हमालले राजनीति दल र नेतृत्वप्रतिको व्याप्त वितृष्णाका कारण स्वतन्त्र उमेद्धारका रुपमा आफु चुनावी माहोलमा होमिने तयारीमा रहेको बताए । थारु समुदायको बाहुल्यता रहेको आफ्नो निर्वाचन क्षेत्रको सामाजिक सद्भावलाई खलबलिन नदिई स्मार्ट वडाको परिकल्पना सहित उम्मेदवारी घोषणा गरेको बताउँदै हमालले युवा पुस्ताले अबको नेतृत्व पाउनुपर्ने जिकिर समेत गरेका छन । युवा पुस्ताले राजनितिमा हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने अवस्था आएको बताउादै हमालले पार्टीगत सोचभन्दा माथी उठेर नेतृत्व चयन गर्न वडावासीलाई आग्रह समेत गरेका छन ।

आसन्न निर्वाचनकालागि कोहलपुरमा हमालले सबैभन्दा पहिले उम्मेदवारी घोषणा गरेका छन । कोहलपुरमा हमालबाहेक अहिलेसम्म कुनै दल तथा ब्यक्तिको उम्मेदवारी घोषणा भएको छैन ।

  • २१ चैत्र २०७८, सोमबार २२:१६ प्रकाशित
  • Nabintech