सरकार सञ्चालनमा सहयोग गर्न गठित सत्ता गठबन्धन संयन्त्रको बैठक बस्दैछ । संयन्त्रको बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्न लागेको हो ।
गत कात्तिक २२ गते सत्तारुढ गठबन्धनले सरकार सञ्चालनमा सहयोग गर्न भन्दै ११ सदस्यीय राजनीतिक संयन्त्र ९समन्वय समिति० गठन गरेको थियो ।
गठबन्धनमा रहेका सबै दलको प्रतिनिधित्व रहेको संयन्त्रमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट २–२ जना सदस्य रहेका छन । त्यस्तै, मन्त्रिपरिषद्बाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि संयन्त्रको सदस्य रहेका छन ।
नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल ९प्रचण्ड० र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट माधव कुमार नेपालसहित १ जना, जनता समाजवादीबाट उपेन्द्र यादवसहित १ जना तथा जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल संयन्त्रका सदस्य रहेका छन ।
संयन्त्रको नेतृत्व सबै दलले २–२ महिनाका लागि गर्ने सहमति भएको छ । अहिलेका लागि कांग्रेसबाट रामचन्द्र पौडेल संयन्त्रको संयोजक रहेका छन् । २ महिनापछि माओवादी केन्द्रले र त्यसपछि क्रमश एकीकृत समाजवादी, राजपा र जनमोर्चाले पालैपालो संयन्त्रको नेतृत्व गर्ने सहमति भएको छ ।
संयन्त्रमा प्रधानमन्त्री देउवा भने छैनन् । तर, संयन्त्रको हरेक बैठकमा प्रधानमन्त्री देउवा सहभागी हुनेछन् ।
३० कार्तिक २०७८, मंगलवार १०:१६ प्रकाशित