देउवा सरकारका २५ मन्त्री, कसको बरीयता कती ?
  • काँचुली खबर

प्रधानमन्त्री शेरबहादुर देउवाले करिब ३ महिनापछि शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । २९ असारमा प्रधानमन्त्री बनेका नेपाली काँग्रेसका सभापति देउवाले ८८ दिनपछि मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

२५ सदस्यीय मन्त्रिपरिषदमा नेपाली काँग्रेसबाट प्रधानमन्त्रीसहित १०, माओवादी केन्द्र ६, नेकपा एकीकृत समाजवादीबाट ५, जनता समाजवादी पार्टी (जसपा) ४ जना नियुक्त भएका छन् । योसँग मन्त्रिपरिषले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषदमा काँग्रेस, माओवादी र एकीकृत समाजवादीबाट एक एक जना गरी ३ जना राज्यमन्त्री छन् ।

काँग्रेसबाट को-को थपिए ?

नेपाली काँग्रेसबाट गृहमा बालकृष्ण खाण, सञ्चारमा ज्ञानेन्द्र कार्की, परराष्ट्रमा नारायण खड्का, रक्षामा मिनेन्द्र रिजाल, कानुनमा दिलेन्द्र बडू, खानेपानीमा उमाकान्त चौधरी र महिला तथा बालबालिका मन्त्रीमा उमा रेग्मी नियुक्त भएका छन् ।

यसअघि स्वास्थ्य राज्य मन्त्री रहेका उमेश श्रेठलाई प्रधानमन्त्रीको कार्यालय हेर्न गरी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । कानुनमन्त्रीको जिम्मेवारी पाएका सञ्चार मन्त्री बनेका छन् । यस्तै प्रधानमन्त्री देउवाले विवाद र आलोचनाकाबीच प्रधानन्यायाधीशका नातेदार गैरसांसद गजेन्द्र हमाललाई उद्योगमन्त्री बनाएका छन् ।​​​

माओवादीका ६ मन्त्री

देउवा सरकारमा प्रमुख साझेदार दल माओवादी केन्द्र पाँच मन्त्री र एक राज्यमन्त्री बनेका छन् । जसमा उर्जामा पम्फा भुसाल, अर्थमा जनार्दन शर्मा, शिक्षामा देवेन्द्र पौडेल, भूमि सुधारमा शशी श्रेष्ठ, खेलकुदमा महेश्वरजंग गहतराज मन्त्री बनेका छन् । यस्तै शिक्षा राज्यमन्त्रीको जिम्मेवारी बोधमाया कुमारी यादवले पाएकी छन् । ​

एकीकृत समाजवादीका ५ मन्त्री

देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको नवगठित नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र एक राज्यमन्त्री पाएको छ । एकीकृत समाजवादीबाट स्वाथ्यमन्त्री बनेका विरोध खतिवडाले सरकारको नेतृत्व गरेका छन् । उनीसँग सहरी विकासमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले श्रममन्त्रीमा किसान श्रेष्ठले जिम्मेवारी पाएका छन् । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन् ।

जसपाका ४ मन्त्री

जनता समाजवादी पार्टी (जसपा) ले ४ मन्त्री पाएको छ । संघीय मामिला मन्त्री बनेका राजेन्द्र श्रेष्ठले जसपाबाट सरकारको नेतृत्व गरेका छन् । उनीसँग जसपाबाट कृषिमा महिन्द्रराय यादव, भौतिकमा रेणु यादव, वनमन्त्रीमा रामसहायप्रसाद यादवले जिम्मेवारी पाएका छन् ।

कुन मन्त्रीको वरियता कती ?

गठबन्धनको देउवा सरकारमा प्रधानमन्त्री देउवापछि गृहमन्त्री बालकृष्ण खाँण दोस्रो नम्बरमा छन् । त्यस्तै वरियताको तेस्रो नम्बरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्री रहेकी माओवादी केन्द्रकी पम्फा भुसाल वरियताको चौथों नम्बरमा रहेकी छन् । भुसाल माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा गएकी हुन् ।

त्यस्तै पाँचौ नम्बरमा रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जनता समाजवादीको तर्फबाट सरकारमा नेतृत्व गरेका छन् । छैठौं नम्बरमा नेकपा एकीकृत समाजवादीको तर्फबाट सरकारको नेतृत्व गर्दै विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।

अर्थमन्त्री जनार्दन शर्मा बरियताको सात नम्बरमा परेका छन् ।


  • २२ आश्विन २०७८, शुक्रबार १८:४२ प्रकाशित
  • Nabintech