अखिल (क्रान्तिकारी) लुम्बिनी अध्यक्षमा खरेल चयन
  • काँचुली खबर

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को लुम्बिनी प्रदेश कमिटी गठन गरीएको छ । शनिबार दाङमा सम्पन्न संगठनको प्रथम सम्मेलनले तदर्थ कमिटी चयन गरेको हो ।

सम्मेलनबाट अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खरेल चयन भएका छन । खरेलको अध्यक्षतामा ८७ सदस्यीय प्रदेश कमिटि सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा भिमराज खरेल, रुपेन्द्र मल्ल, अम्विका परियार र सम्झना खनाल तथा प्रमुख सचिवमा राजेन्द्र विष्ट चयन भएका छन । त्यसैगरी सचिवहरुमा सागर पन्त, मदन जिएम, सुदर्शन पुन, दिलिप शर्मा र कोषाध्यक्षमा प्रमोद थापा चयन भएका छन ।

  • १० आश्विन २०७८, आईतवार १६:४४ प्रकाशित
  • Nabintech