युवा संघ नेपाल बाँकेको अध्यक्षमा राजु तामाङ चयन भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीको युवा संघ नेपालको बाँके जिल्ला अध्यक्षमा राजु तामाङ चयन भएका हुन् ।
युवा संघ नेपालको शुक्रबार बसेको बैठकले युवा संघ नेपाल बाँकेको अध्यक्षमा राजु तामाङलाई चयन गरेको हो ।
युवा संघ नेपाल बाँकेका अध्यक्ष तामाङ जिल्लामा लोकप्रिय युवा नेताको रुपमा परिचित छन् । नेकपा एमाले फुट पछि बाँके जिल्लामा समाजबादी तर्फको युवा संघ नेपाल बलियो मानिदै आएको छ ।
८ आश्विन २०७८, शुक्रबार १९:४८ प्रकाशित