वलीसँग प्रभु शाहको ८ बुँदे माग, सम्बोधन नभए एमालेमा नबस्ने घोषणा
  • काँचुली खबर

नेकपा (एमाले)को केन्द्रीय सदस्य प्रभु साहले एमालेको केन्द्रीय कमिटी बैठकमा ८ बुँदे माग पेस गरेका छन् । उनले आज तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा आफ्नो तर्फबाट ८ बुँदे माग पेस गरेको र उक्त मागको सम्बोधन नभए आफूले एमाले बस्न नसक्ने बताएका छन् ।

साह पछिल्लो समय एमालेको कुनै पनि कार्यक्रमहरुका उपस्थित भएको देखिँदैनन् । आइटी आर्मीको रुपमा गृहजिल्लामा सक्रिय रहेका साहले आफूलाई प्रदेश २ को अध्यक्ष नदिएपछि ओलीसँग रिसाएका छन् । उनले आजको केन्द्रीय कमिटी बैठकमा आफ्नो तर्फबाट विभिन्न माग राख्दै ८ बुँदे माग पेस गरेका छन् । जसमा नेकपा विभाजनपछिको अवस्थामा आफूहरु माओवादी छोडेर एमालेमा आएकाहरुको सम्मानजनक व्यवस्थापन र पार्टीमा जनताको जनवाद लागु गर्नुपर्ने रहेको छ ।

माओवादी छोडेर एमालेमा प्रवेश गर्ने सांसदहरुमा साह सबैभन्दा राम्रो जनाधार भएको सांसदको रुपमा रहेका छन् । उनले अहिले पनि रौतहटमा चुनाव जित्ने हैसियत राख्ने अवस्थामा छन् । उनले अहिले एमालेमा स्थायी कमिटी सदस्य माग गरेका छन् । उनले मुख्य अन्तरविरोध प्रदेश २ मै देखिन्छ ।

नेकपाकालमा समेत उनी प्रदेश २ को अध्यक्ष रहेको साहलाई एमाले भएपछि उनीसँगै एमाले बनेकी ज्वालाकुमारी साहलाई अध्यक्ष बनाइएको छ । उनले उक्त कुरा चित्त बुझाएका छैनन् । त्यस्तै उनले प्रदेशमा जिल्ला कमिटीहरु चयन गर्ने विषयमासमेत ज्वालाले एकलौटी गरेको भन्दै अस्वीकार गर्दै आएका छन् ।

उनले एमालेलाई जेठ २ मा नभई जेठ ३ पछिको अवस्थामा लैजानुपर्ने माग गरेका छन् । उनले जनताको बहुदलीय जनवाद नभई नेकपाकालीन अवस्थमा लिइएको जनताको जनवादलाई विकास गर्दै जानुपर्ने माग रहेको छ । उनले एमालेमा आफूहरुको व्यवस्थापन माओवादीको जिम्मेवारीमा भएअनुसार हुनुपर्ने बताएका छन् ।

  • ८ आश्विन २०७८, शुक्रबार १३:३७ प्रकाशित
  • Nabintech