सबै खाले महिला हिंसा अत्यको माग गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले बाँकेका सबै स्थानिय तहमा ज्ञापन पत्र बुझाएको छ । अनेम संघको राष्ट्रिय अभियान अन्तर्गत बाँकेका ८ वटै पालिकामा ज्ञापन पत्र बुझाईएको हो । विस्तार तथा जागरण (बिज) अभियान अन्तर्गत अनेम संघ (क्रान्तिकारी) एकै दिन देशभरका ७५३ वटा स्थानीय तहहरुमा विभिन्न १३ वटा मागसहितको ध्यानाकर्षण पत्र बुझाएको अनेम संघ (क्रान्तिकारी) बाँके जिल्ला इन्चार्ज रेणुका खड्काले जानकारी दिईन ।

वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
जसअन्तर्गत मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेका साथै कोहलपुर, नेपालगन्ज बैजवनाथ, खजुरा र अन्य पालीकामा समेत ज्ञापन पत्र बुझाईएको हो । संविधानमा आमाको नाममा नागरिकता दिने ब्यबस्था भए तापनि अझै कानून बन्न नसकेकाले धेरै नागरीकहरु नागरिकता लिनबाट बञ्चित हुनु परेको लगायतका सबैखाले महिला हिंसाको अन्त्य माग गर्दै जिल्लास्थित स्थानीय तहमा ज्ञापन पत्र बुझाएको खड्काले बताईन ।

स्थायिन तहहरुमा बुझाईएको ध्यानाकर्षण पत्रको कार्यान्वयनका सम्बन्धमा समय समयमा अनुगमन समेत गरीने बताउँदै खड्काले अभियान अन्तर्गत कोहलपुर नगरपालिकाका १५ वटै वडामा अनेम संघ क्रान्तिकारीको भेला प्रशिक्षण तथा सदस्यता बितरण कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाईने जानकारी दिईन । साथै उनले संगठन निर्माण तथा सुदृढिकरणकालागि जिल्लाभरी नै अभियान संचालन गर्न समेत आफु मातहतका नेता कार्यकर्ताहरुलाई आह्वान गरेकी छन ।

६ आश्विन २०७८, बुधबार १२:१२ प्रकाशित