बाँकेको बैजनाथ गाउँपालिकामा आईतबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पार्टी कार्यालय स्थापना गरीएको छ । संबिधान दिवसको अवसर पारेर बैजनाथ गाउँपालिकास्५ बनकटुवामा माओवादी केन्द्रको कार्यालय स्थापना गरीएको हो ।
नकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य एवं बैजनाथ गाउँपालिका ईन्चार्ज नरेन्द्र पान्डे (जेम्स) ले औपचारीक कार्यक्रमका बिच पार्टी कार्यालयको उद्घाटन गरेका थिए ।
कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथी जेम्सले बैजनाथमा माओवादी केन्द्रको पार्टी पंक्ति र जनबर्गिय संगठन बिस्तार अभियानलाई तिब्रता दिन निर्देशन दिएका थिए । उनले समाज परिवर्तनकालागि युवाहरुको सहभागीता महत्वपूर्ण हुने भएकाले अब पार्टीले युवा, विद्यार्थी, महिला, दलित लगाएत सबै समुदायलाई संगठित गर्दै अगाडी बढ्नुपर्ने समय आएको बताए । जेम्सले बैजनाथ गाउँपालिकाभित्र पुर्णता नपाएका संगठनहरुलाई तत्काल पुर्णता दिन पार्टी कमिटिलाई निर्देशन समेत दिए ।
नेपालमा संबिधान जारी गर्न नेकपा माओवादी केन्द्रले खेलेको भुमिकाको चर्चा गर्दै जेम्सले माओवादीले अगाडी सारेको संघियता, धर्मनिरिपेक्ष, समावेशीताका लगाएतका मुद्धाले सर्वहारा तथा आम नागरीकका न्युनतम आवश्यकतालाई सम्बोधन गरेको जिकिर गरे ।
स्थानिय नेता रामचन्द्र देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यालय उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र क्षेत्र न. ३ क ईन्चार्ज दलसिंह नाथ योगि, जिल्ला सचिवालय सदस्य रेनुका खड्का, जिल्ला समन्वय सदस्य देब रावत, दिपेन्द्र शाह (युगान्त), वाईसीएल केन्द्रिय सदस्य मनिषा चनारा, वाईसीएल बैजनाथ गाउँपालिका अध्यक्ष मधु रिजाल लगाएत स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
३ आश्विन २०७८, आईतवार १८:२३ प्रकाशित