लुम्बिनी प्रदेशका मन्त्रीहरुको थप जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर र कार्य विभाजन भएको हो ।
जसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार यसअघि विना विभागीय मन्त्री बनेका अजय बहादुर शाहीलाई मन्त्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ । शाहीले नवलपरासीबाट सूर्य चिन्ह लिएर निर्वाचन लडेपनि हाल स्वतन्त्र सांसदका रुपमा रहेका छन् । यस्तै सरकार प्रवक्ता समेत रहेको आर्थिक मामिला मन्त्री कृष्ण ध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ ।
यस्तै शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीलाई पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी समेत थपिएको छ ।
१८ भाद्र २०७८, शुक्रबार १२:४० प्रकाशित