बाँकेको राप्तीसोनारी गाँउपालिका टुक्रिएको छ । त्यसैगरी खजुरा गाँउपालिका नगरपालिकामा स्तरोन्नती भएको छ । नेपाल सरकारले २०७४ सालमै राप्तीसोनारी गाउँपालिकालाई दुईवटा टुक्रामा विभाजन गरेको थियो भने भने खजुरा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गरेको थियो । तर त्यसबखत निर्वाचन कार्यक्रम अघि बढिसकेकोले कार्यान्वयन भएको थिएन । राप्तीसोनारीलाई विभाजन गरेर राप्ती र सोनारी गरी दुई गाउँपालिका बनाइएको छ । अब बाँकेमा १ उपमहानगरपालिका, २ नगरपालिका र ६ वटा गाउँपालिका भएका छन् ।
नेपाल सरकारको राजपत्रमा संघीय मामिला तथा स्थानीय मामिला मन्त्रालयले गठन गरेको समितिले पेश गरेको प्रतिवेदनका आधारमा २०७४ जेठ २८ गते नेपालका विभिन्न जिल्लामा रहेका स्थानीय तहको नाम, संख्या, सीमाना तथा संख्या हेरफेर र स्तरोन्नती गरिएको उल्लेख छ । आगामी निर्वाचनमा चुनिएर आउने गाउँसभा तथा नगरसभाले निर्णय गरे बमोजिम हुनेबाहेक हाललाई स्थानीय तह र वडाको सीमाना निर्धारण गरी थप, हेरफेर तथा स्तरोन्नती भएका इकाइहरुको केन्द्र निर्धाण गरिएको राजपत्रमा उल्लेख छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
राजपत्रमा उल्लेख भए बमोजिम अहिलेको खासकुश्मा, कचनापुर र महादेवपुरीका केही वडाहरु समावेश गरी राप्ती गाँउपालिका टुक्राईएको छ । जसको कुल जनसँख्या २३४१७ रहेको छ भने क्षेत्रफल ७९०.३१ वर्ग किलोमिटर रहेको छ । हाल कायम रहेको राप्तीसोनारी गाँउपालिका क्षेत्रफलको हिसावले नेपालकै सबैभन्दा ठुलो गाँउपालिकाको रुपमा रहेको थियो । त्यसैगरी ५ लाख बढि जनसँख्या रहेको खजुरा गाँउपालिकालाई नगरपालिकामा स्तररोन्नती गरीएको हो ।


१७ भाद्र २०७८, बिहीबार १९:०८ प्रकाशित