बाँकेमा बिहिबार ठुलो सँख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा २३ महिला र १२ पुरुष गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये २५ जना कोहलपुर क्षेत्रका रहेका छन भने नेपालगन्जका ८ र डुुडवा तथा खजुराका १/१ जना रहेका छन ।
जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो २४ घण्टामा २१८ जनाको स्वाव परिक्षण गरीएको थियो । जसमध्ये बाँकेका ३५ र जिल्ला बाहिरका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१० भाद्र २०७८, बिहीबार १४:४७ प्रकाशित