स्थापनाको छोटो समयमै कोहलपुर १ कौशिलानगरमा रहेको कृष्ण माध्यामिक विद्यालय नमुना बिद्यालय बन्न सफल भएको छ । २०५० सालमा स्थापना भएको विद्यालयले विगतको एस।एल।सि। परिक्षामा लगातार ३ वर्ष उत्कृष्ट नतिजा ल्याएर नमुना बनेको हो । नमुना विद्यालय बनेको कृष्ण माविलाई प्रदेश सरकारले भवन निर्माण र अतिरिक्त गतिविधी सञ्चालनका लागी थप बजेटको प्रवन्ध गरिदिएको छ । बिद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितीको सामुहिक प्रयासबाट नमूना विद्यालय बन्न सफल भएको बताउने विद्यालयका प्रध्यानाध्यापक बिरेन्द्र कुमार मल्लसँग गरीएको कुराकानीको सम्पादीत अंश यहाँ प्रस्तुत गरीएको छ ।
कृष्ण माविको संक्षिप्त ईतिहास ।
– २०५० सालमा प्राथामिक तहमा पढाई सञ्चालन गर्ने गरि स्थापना भएको विद्यालय २०७८ सालसम्म आई पुग्दा कक्षा ११ सञ्चालनको तयारीमा रहेका छौं । रत्न राजमार्ग देखि उत्तरको क्षेत्रमा टिनको टहरामा कक्षा सञ्चालन हुँदै आएको बिद्यालयमा हाल झण्डै ५ बिगाह क्षेत्रफलको खेल मैदान सहितको आधुनिक भवनमा कक्षा कोठाहरु सञ्चालनमा छन ।
खास गरि कृष्ण माध्यामिक विद्यालय २०६९ देखी २०७१ साल सम्म एस.एल.सि. र एसईई र कक्षा ८ को परिक्षामा लगातार उत्कृष्ट नतिजा दिन सफल भएका छौं । त्यस यता विद्यालयमा शिक्षक र अभिभावकको आर्कषण बढ्दो छ । नजिकका नीजि विद्यालयहरुबाट पनि कक्षा ६ देखि १० सम्म भर्ना हुन आउनेको चाप उच्च छ । हाल विदालयमा कक्षा १० सम्म १ हजार बढी विद्यार्थी भर्ना भएर बिभिन्न माध्यामबाट अध्यनरत छन ।
लकडाउनमा पनि अनलाईन र अन्य बैकल्पीक बिधीको प्रयोग गरेर विद्यार्थीलाई पढन पाढन गराई रहेका छौं ।
निजी र सर्वाजनिक विद्यालयहरुको भिडमा कक्षा ११ को कक्षा सञ्चालनको तयारी गर्नुभएको छ । विद्यार्थी र अभिभावको कस्तो प्रतिक्रिया छ ?
– सरकारले १२ सम्म विद्यालय तहको शिक्षा बनाउने नीति लिएपछि कक्षा १० सञ्चालन गरेका विद्यालयलाई ११ कक्षा अनिवार्य जस्तै भएको छ । खासमा नगर शिक्षा समितीले ११ को अनुमती दिई सके पछि हामिले हाम्रा अभिभावक, बिद्यालयसंग सरोकार राख्ने व्यक्तिहरु सहतिको सर्बपक्षिय भेला डाकेर कसरी ११ कक्षाको शिक्षालाई सर्वसुलव र गुणस्तरीय बनाउने भन्ने बारे छलफल गरेका छौं । छलफलबाट महत्वपुर्ण सुझावहरु प्राप्त गरेका छौं । त्यसैलाई आधार बनाएर हामी अगाडी बढदै छौं । यस बाहेक शिक्षा विद लगायतसंग पनि गुणस्तरीय शिक्षाका आधारहरु कसरी निर्माण गर्ने भन्ने बारे औपचारीक र अनौपचारीक छलफलहरु भएका छन ।
हामीसँग कक्षा १० पास गरेका १ सय बिद्यार्थीहरु छन, उनिहरुको मागको आधारमा हामीले कक्षा सञ्चानल गरेको हुनाले ति विद्यार्थीहरु बाहिर नजाउन भन्ने नै हाम्रो जोड हो । न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा दिन हामी प्रतिबद्ध छौं । अभिभावक र विद्यार्थीको उत्साह जनक साथ पाईरहेका छौं । कक्षा ११ मा बिज्ञान, कानुन, शिक्षा र व्यवस्थापन संकायमा पढाई सुरु हुदैछ । ११ मा कानुन बिषय पढाईने कोहलपुर क्षेत्रकै पहिलो विद्यालय कृष्ण माबि भएकाले विद्यार्थीको रोजाई बढने आशा छ ।
गुणस्तरीय शिक्षाका आधारहरु के के हुन ?
– ११ कक्षामा हामीले प्रोजेक्टर तथा स्मार्ट बोर्डको माध्यामबाट बढाई सुरु गर्दैछौं । कोहलपुरमा सबै भन्दा ठुलो र पर्याप्त खेल मैदान, पुस्तकालय, बिज्ञान प्रयोगशाला, स्वच्छ पिउने पानीको प्रवन्ध छ । हामिसंग यस अघिनै कम्युटर ल्याव सञ्चालनमा छ ।
कक्षा ११ बाहेक हामिले यस अघि एल केजी देखि कक्षा ४ सम्म अँग्रेजी र नेपाली दुबै माध्याममा पढाउँदै आएका छौं । आगामी वर्ष यसलाई कक्षा ११ सम्म नै अँग्रेजी र नेपाली दुबै माध्यमबाट पढाउने तयारी छ । यस बाहेक सरकारी विद्यालयमा खेल शिक्षक राखेर नियमीत खेल अभ्यास, अलग्गै हेल्थ डेस्क सेन्टर राखेर स्टाफ नर्सद्धारा स्वाथ्य सेवा दिँदै आएका छौं । विद्यालयमा अधिकतम रुपमा बिषयगत शिक्षकहरु मार्फत शिक्षण सिकाई गरिने भएकाले हामी दावाका साथ भन्न सक्छौं हामि वाल वालिकालाई गुणस्तरीय शिक्षा दिई रहेका छौं । यस बाहेक एस.ई.ई. मा जिपिए ४ ल्याउने बिद्यार्थीलाई सत प्रतिसत छुटको, गरिव र जेहन्दार, पिछडीएका, सिमान्तकृत तथा लोप उन्मुख जनजातिका बालिकालाई छत्रबृतिको समेत व्यवस्था गरेका छौं ।
त्यसैगरी यसै वर्ष देखि नमुना वाल बिकास केन्द्र समेत सञ्चालनमा ल्याएका छौं ।
समुदायीक विद्यालयमा लामो समय अध्यापन गराउनु भयो, सामुदायीक विद्यालयका चुनौतीहरु के के हुन ?
– म बिगत १६ बर्ष देखी कृष्ण माविमा शिक्षकका रुपमा कार्यरत छु, बिगत ३ वर्ष देखी प्रधानाध्यापकका रुपमा काम गरि रहेको छु । मुख्य रुपमा बिषयगत शिक्षको अभावका कारण अपेक्षाकृत शैक्षिक गुणस्तरमा सुधार हुन सकेको छैन । सार्वजनिक विद्यालयको कक्षा कोठा भौतिक पुर्वाधारको अभाव, शौचालय, स्वच्छ खानेपानी, यातायातका साधन जस्ता कुरामा राज्यको लगानी अभाव छ ।
शिक्षा क्षेत्रमा गरिएको लगानीले ढिलो प्रतिफल दिने भएकाले राज्यले लगानी गर्न हिचकीचाउनु हुदैन ।
कृष्ण मावि नमुना बन्न सफल हुनुको कारणहरु के के हुन ?
– खास गरि १६ वर्षे शैक्षिक यात्रामा कृष्ण माविका अभिभावकहरुको विद्यालय प्रतिको माया र सकारात्क सोच नै हो । जसका कारण हामी सफलताको सिढी चढन सफल भएका छौं । यस बाहेक शिक्षक स्टाफहरुको लगनसिलता, स्थानीय समाजसेवीहरुको विद्यालयलाई नमुना बनाउनु पर्छ भन्ने सकारात्क सोच र विद्यालय व्यवस्थापन समितीको मेहनतलाई मैले नमुना बन्ने कारणका रुपमा लिएको छु । यस बाहेक नगर शिक्षा समिती, कोहलपुर नगरपालिकाको सकारात्क सहयोगका कारण हामी नमुना विद्यालयका रुपमा छौ । अगामि दिनमा पनि निरन्तर सहयोगको अपेक्षा समेत राखेका छौं ।
जसका कारण कृष्ण माविलाई भोलिका दिनमा एक क्याम्पसको रुपमा पनि बिकास गर्न सकियोस । खास गरि विद्यालयलाई नमुना बनाउन स्थानिय राजनीतिककर्मी र समाजिक अभियान्ताहरुको पनि उतिकै ठुलो हात छ । यस विद्यालयका अभिभावक एवं अखिल क्रान्तिकारीका पुर्व केन्द्रीय अध्यक्ष हाल माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपाने जो कोहलपुर १ का स्थाई बासिन्दा पनि हुनुहुन्छ उहाँको पनि ठुलो योगदान छ । नियमित बिद्यालयमा आएका शिक्षक र विद्यार्थीलाई खवरदारी गर्ने देखी विद्यालयको पुर्वाधार विकासमा पनि उहाँले ठुलो सहयोग गर्नुभएको छ । सबैको साझा प्रयासले आज हामी यहाँ सम्म आई पुगेका छौं ।
लकडाउन र कोरोना महामारीका समयमा शिक्षण सिकाईलाई कसरी निरन्तरता दिनु भयो ?
– सामुदायिक विद्यालय भएपनि हामीले कक्षा ६ देखी १० सम्म नियमित अनलाईन कक्षा सञ्चालन गरेका छौं । यस बाहेक नियमित ईन्टरनेटको पहुँच नहुने ६ सय ५८ छात्र छात्राहरुका लागि सियुजि सिमको माध्यामबाट ईन्टरनेटको पहुँच बढाउदै पढ्ने वातारण निर्माण गर्यो । यस बाहेक मोवाईल फोनको पहुँच बाहिर रहेकालाई मासिक रुपमा घरमै पुगेर पनि शिक्षण सिकाईलाई निरन्तरता दिने काम भएको छ ।
कक्षा ११ को अनुमतीसँगै कृष्ण माविमा भर्ना खुल्यो
८ भाद्र २०७८, मंगलवार १९:३१ प्रकाशित