करोडौंमा बुद्धको मुर्ती बेच्न खोज्ने पाँच जना पक्राउ
  • काँचुली खबर

सयौं वर्ष पुरानो बहुमुल्य धातुबाट बनेको बुद्धको मुर्तिको अबैध कारोबारमा संलग्न भएको आरोपमा बर्दिया प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बुधबार गुलरिया नगरपालिका वडा नं. ७ गुलरिया बजार स्थित विजय गेष्ट हाउसमा मुर्तिको अबैध कारोबार गरीरहेको अवस्थामा प्रहरीलेउनिहरुलाई पक्राउ गरेको जनाएको छ ।

बिजय गेष्ट हाउसको कोठा नम्बर ३२८ बाट ७ किलो ७ सय २ ग्राम तौल भएको १ थान धातुको बुद्धको मुर्ति सहित ५ जनालाई बुधबार दिउँसो पक्राउ गरेको प्रहरीले बिहिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा गुलरिया नगरपालिका-७ बस्ने ४० वर्षीय निराजन उप्रेती, मधुबन नगरपालिका-१ बस्ने ३४ वर्षीय उज्वल रोकाय, सोही नगरपालिका-९ बस्ने ३४ वर्षीय अमृत राई, ठाकुरबाबा नगरपालिका-९ बस्ने ३२ वर्षीय ईश्वरी प्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका-२ बस्ने २९ वर्षीय मग बहादुर नेपाली रहेका छन् ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हेम बहादुर शाहीले जनाएका छन ।

  • ३ भाद्र २०७८, बिहीबार १६:५९ प्रकाशित
  • Nabintech