बुधबार कोहलपुरका १२ जनामा कोरोना पुष्टि
  • काँचुली खबर

लामो समयपछि कोहलपुरमा ठुलो सँख्यामा कोरोना संक्रमण देखिएको छ । बाँकेका दुई वटा ल्यावमा गरीएको परिक्षणमा कोहलपुरका १२ सहित बाँकेका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । दुई जना भने खजुरा र नेपालगन्जका रहेका छन ।

बाँकेका कोरोना फोकल पर्शन तेजओलीका अनुसार पछिललो २४ घण्टामा बाँकेमा गरीएको परिक्षणमा बाँकेका १४ र बाँके बाहिरका १० जनामा संक्रमण देखिएको हो । दुईवटा प्रयोगशालामा ८४ नमुना परीक्षण गर्दा २४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जसमध्ये नेपालगञ्ज मेडिकल कलेजमा ५६ नमुना परीक्षण गर्दा जिल्लाभित्रका १२ र जिल्ला बाहिरका ८ तथा बागेश्वरी ल्याबमा २८ नमूना परिक्षण गर्दा जिल्लाभित्रका २ र जिल्ला बाहिरका २ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

योसँगै बाँकेमा हालसम्म ९१ हजार ८५६ नमुना परीक्षण गर्दा १७ हजार ८ सय ३६ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यसैबिच पछिल्लो २४ घण्टामा बाँकेबाट ७ जना डिस्चार्ज भएका छन् । ३ जना महिला र ४ जना पुरुष गरी ७ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ३९६ जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिल्लो केही दिन देखि जिल्लामा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । जिल्लामा सिकिस्त बिरामीको संख्या २२ पुगेको छ भने मध्यम बिरामीको संख्या ३१ पुगेको छ । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

  • २ भाद्र २०७८, बुधबार १७:२८ प्रकाशित
  • Nabintech