नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । भारतस्थित अपोलो हस्पिटलमा खनालको सफल मिर्गौला प्रत्यारोपण गरिएको हो ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईले एक प्रेस नोट जारी गर्दै यसको जानकारी दिएका छन् । उक्त नोटमा भनिएको छ, ‘आज सर्जन डा. मिर्गौला सन्दीप गुलेरिया नेतृत्वको टिमले पूर्वप्रधानमन्त्रीज्यूको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । अब उहाँ केही समय अस्पतालमै आराम गर्नुहुनेछ र आराम भएपश्चात् नेपाल फर्किनुहुनेछ । यसैबीच उहाँको स्वास्थ्यप्रति चिन्ता र चासो राख्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै यो सूचना सम्प्रेषण गर्दछु ।’
२० श्रावण २०७८, बुधबार १५:५९ प्रकाशित