कोरोना भाईरसको संक्रमणबाट बाँकेमा पुन: एक युवाको ज्यान गएको छ । कोरोनाबाट संक्रमित भएर उपचारकालागि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका बर्दियाको ठाकुरबाबा नगरपालिका ५ का २३ वर्षिय युवाको उपचारकै क्रममा मृत्यु भएको हो ।
मंगलबार कोरोना संक्रमण पुष्टि भएका ति युवाको बुधबार विहान ३ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि मंगलबार उनको बागेश्वरी ल्याबमा पिसिआर परिक्षण गरिएको थियो । रिपोट पोजेटिभ आएपछि उनलाई मंगलबार नै भेरी अस्पताल भर्ना गरी उपचार थालिएकोमा आज बिहान ३ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
ओलीका अनुसार बाँकेमा हालसम्म कोरोना संक्रमणबाट जिल्लाभित्रका ३२२ र जिल्ला बाहिरका ३८० ले उपचारकै क्रममा ज्यान गुमाईसकेका छन ।
२० श्रावण २०७८, बुधबार ०९:११ प्रकाशित