कोहलपुर नगरपालिका वडा नं. १ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रम गरी कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत, उप मेयर सन्जु कुमारी थारु र कोहलपुर नगरपालिका वडा नं. १ का अध्यक्ष गोपीलाल खनालले संयुक्त्त रूपमा बाल विवाह मुक्त वडा घोषणा गरेका हुन ।
कोहलपुर नगरपालिका प्रमुख रावतका अनुसार कोहलपुर नगरपालिकालाई बाल विवाह मुक्त गर्ने अभियान अन्तर्गत निर्देशिका २०७६ अनुसार क्रमशः नगरका सबै वडालाई बाल विवाह मुक्त घोषणा गरिने बताए ।
उक्त कार्यक्रममा वडालाई बाल विवाह मुक्त घोषणा गर्न विशेष भूमिका खेल्ने प्लान नेपाल, समाजिक सचेतन सरोकार मञ्च र ९स्याक नेपाल०का प्रतिनिधि तथा बाल क्लब, किशोरी क्लब र अन्य संघ संस्थाका प्रतिनिधिहरूलाई सम्मान गरीएको थियो । यस अघि कोहलपुर नगरपालिका वडा नं. १२ र १३ बाल विवाह मुक्त वडा घोषणा भईसकेका छन ।
१९ श्रावण २०७८, मंगलवार २०:२९ प्रकाशित