बागेश्वरी क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी
  • काँचुली खबर

वागेश्वरी क्याम्पस कोहलपुरमा अनिश्चितकालिन तालाबन्दी गरीएको छ । मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको बागेश्वरीमा संयुक्त विद्यार्थी संगठनले अनिश्चितकालिन तालाबन्दी गरेको हो ।

संयुक्त विद्यार्थी संगठनले १८ बुँदे माग राख्दै विभिन्न चरणमा गर्दै आएको आन्दोलनलाई विश्वविद्यालय प्रशासनले बेवास्ता गरेको भन्दै बागेश्वरी क्याम्पसमा तालाबन्दी गरिएको हो । संयुक्त विद्यार्थी संगठनले साउन १६ गते विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण आङगिक क्याम्पसमा तालाबन्दी गर्ने निर्णय गरेको थियो ।

मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत बागेश्वरीमा अध्ययनरत विद्यार्थीहरुले सोमबार तालाबन्दी गरेका हुन् । अखिल (क्रान्तिकारी) बागेश्वरी क्याम्पस संयोजक दिपेन्द्र शाही र नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस सचिव उपेन्द्र विष्टद्धारा जारी विज्ञप्तिमा विश्वविद्यालयमा रहेको समस्या समाधानको लागि वार्ताका माध्यमबाट समाधानको बाटो खोज्दा खोज्दै पनि प्रशासनले बेवास्ता गरेको उल्लेख गरिएको छ । केही हप्तायता मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थी र प्राध्यपकहरु आन्दोलतरत छन् ।

  • १८ श्रावण २०७८, सोमबार १६:५५ प्रकाशित
  • Nabintech