पहिलो र दोस्रो चरणको कोरोनाकालमा हटस्पट बनेको बाँकेमा पुन: कोरोना संक्रमणको दर बढ्न थालेको छ । सोमबार मात्र बाँकेका १५ जनामा कोरोना संक्रमण देखिएको छ ।
बाँकेका ३ वटा प्रयोगशालामा ३१ जनामा संक्रमण पुष्टि हुँदा बाँकेका मात्र १५ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लाका तिनवटा ल्यावहरुमा ३६० नमुना परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा बाँकेमा २ जना मात्र कोरोनामुक्त भएका छन् भने सोही अवधिमा कसैपनि मृत्यु भएको छैन ।
बाँकेका बिभिन्न अस्पतालहरुमा २३ जना संक्रमितको उपचार चलिरहेको छ, जसमा ४ जना भेन्टिलेटरमा छन् भने १० जना सिकिस्त अवस्थामा र ९ जनाको अवस्था मध्यम रहेको जनाईएको छ ।
कोरोना संक्रमितको सँख्यामा कमि आएपछि बाँकेका सबै क्षेत्रमा देखिएको लापरवाहीले पुन कोरोना संक्रमणको जोखिम बढाएको भन्दै चिकित्सवहरुले तत्काल नियन्त्रणको प्रयास थाल्नुपर्ने सुझाव दिदैं आएका छन ।
११ श्रावण २०७८, सोमबार १५:४४ प्रकाशित