बन्दामा डुबेका नेपालगन्जका तिन युवाको मृत्यु
  • काँचुली खबर

पौडी खेल्ने क्रममा डुडुवा खोलामा डुबेका तिन जना मृत अवस्थामा भेटिएका छन । बाँकेको कोहलपुरमा रहेको डुडुवा खोला (बन्दा) मा पौडी खेल्ने क्रममा डुबेका नेपालगन्जका तिन जना युवाको शव भेटिएको हो ।

कोहलपुर, १० रहेको उक्त स्थानमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेका नेपालगञ्ज उप-महानगरपालिका ११ का १८ वर्षिय राशिद जसगढ, सोही ठाउँका १८ वर्षिए अरमान जसगढ र १६ वर्षिय आरिफ जसगढको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

पौडी खेल्ने क्रममा डुबेका उनीहरुको खोजीकालागि प्रहरी परिचालन गरीएको र केही समयको खोजीपछि नदिबाट शव निकालिएको प्रहरीले जनाएको छ । मृतक तिनैजनाको शव पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको र घटनाबारे थप अनुसन्धान सुरु गरीएको ईप्रका कोहलपुरले जनाएको छ ।

  • ६ श्रावण २०७८, बुधबार २०:१७ प्रकाशित
  • Nabintech