जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने भएको छ । जसपाको महन्थ ठाकुर पक्षले दुई वटा मन्त्रालय लिएर सरकारमा जाने भएको हो । ठाकुर पक्ष सरकारमा जाने विषयमा जसपाको उपेन्द्र यादव पनि सहमत भएको छ ।
अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको भेटवार्तामा दुई वटा मन्त्रालय लिएर सरकारमा जाने सहमति भएको हो ।
बुधबार बिहान अध्यक्ष ठाकुर र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो । महन्थ पक्षले कुन-कुन मन्त्रालय पाउने भन्ने विषयमा सहमति भइसकेको छैन । साउन ३ गते प्रतिनिधिसभामा विश्वासको मत लिएका प्रधानमन्त्री देउवालाई जसपाको ठाकुर पक्षले पनि विश्वासको मत दिएको थियो ।
६ श्रावण २०७८, बुधबार १७:२३ प्रकाशित