बाँके थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा ठाकुरबाबा नगरपालिका ४ बर्दियाका ६३ वर्षीया महिला र बर्दियाकै राजापुर नगरपालिका १० का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
जिल्ला कोभिड-१९ व्यवस्थापन समितिका अनुसार संक्रमण पुष्टि भएपछि उपचारका लागि असार २५ गते भेरीमा भर्ना भएका ठाकुरबाबा ४ का महिलाको स्वास्थ्यमा सुधार नआउँदा हिजो राती ९:४५ बजे मृत्यु भएको हो ।
त्यस्तै राजापुर नगरपालिका-१० का पुरुष कोभिड पुष्टि भएपछि असार २६ गते अस्पतालमा भर्ना भएका थिए । उनको गएराती ११:३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
योसँगै हालसम्म बाँकेमा उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ३७० जनाको मृत्यु भईसकेको छ । जिल्लाकै ३११ जनाले समेत कोभिडकै कारण ज्यान गुमाएका छन् ।
३० असार २०७८, बुधबार ०८:४१ प्रकाशित