संसद पुन:स्थापनाको खुसीमा दीप प्रज्वलन
  • काँचुली खबर

संसद पुनःस्थापनाको खुसीयालीमा बाँकेमा दीप प्रज्वलन गरिएको छ । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरेका हुन ।

काँग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी निकट अखिल (क्रान्तिकारी), मा आवद्ध युवाहरुले सोमबार बेलुका नेपालगन्ज र कोहलपुरमा दीप प्रज्वलन गरेर खुसीयाली मनाएका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै २ दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरु भने बिरोधमा उत्रिएका छन् ।

सर्वोच्च अदालतले सोमबार दिउसो संसद पुनःस्थापनाको फैसला गरेको हो ।

  • २९ असार २०७८, मंगलवार ०८:३६ प्रकाशित
  • Nabintech