सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै प्रतिनिधि सभा बैठक बसेको २ दिनभित्र विश्वासको मत लिन आग्रह गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश गरेको हो ।
प्रतिनिधि सभाको अधिवेशन साउन ३ गतेभित्र बोलाउन र अधिवेशन शुरू भएको २ दिनभित्र विश्वासको मत लिन भनेको छ ।
२८ असार २०७८, सोमबार १४:५० प्रकाशित