झाँक्रीले भनिन, ‘कुनै पनि जालझेलमा पर्नुहुन्न’
  • काँचुली खबर

नेकपा एमालेकी नेता रामकुमारी झाँक्रीले लोकतन्त्र रक्षाका लागि संसद पुनस्स्थापना अनिवार्य सर्त भएको बताएकी छन् । पार्टीको विवाद समाधान तर्फ उन्मुख रहेको र कार्यदल सहमति नजिक पुगेको दाबी गरेका बेला नेता झाँक्रीले सामाजिक सञ्जाल मार्फत यस्तो भनेकी हुन् ।

उनले लेखेकी छन्, ‘लोकतन्त्रको रक्षा र संविधानलाई क्रियाशील बनाउन संसद्को पुनस्स्थापना एउटा अनिवार्य सर्त हो ।’ झाँक्रीले लोकतन्त्रको रक्षा र संविधानलाई क्रियाशील बनाउन एउटा प्रक्रियाको थालनी गरेकोले कसैको अघि झुक्न नहुने बताएकी छन् । सर्वोच्च अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी नै रहेको उनको भनाइ छ ।

पार्टीको विवाद समाधानतर्फ उन्मुख रहेको भनिएको बेला झाक्रीले जालझेलमा नपर्न पनि नेताहरुलाई सुल्झाएकी छन् । ‘हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौं । अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ । त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न । झुक्किनु हुँदैन,’ उनले भनेकी छन् ।

  • २४ असार २०७८, बिहीबार १५:५० प्रकाशित
  • Nabintech