जग्गा कब्जा गरेको आरोपमा सपना रोका पक्राउ
  • काँचुली खबर

संसारकै १०० जना प्रभावशाली महिलाको सूचीमा पर्न सफल सामाजिक अभियन्ता सपना रोका मगरलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार सरकारी जग्गा कब्जा गरेरको आरोपमा महानगरीय प्रहरीले मगरसहित हाम्रो टीम नेपालका १७ जना पक्राउ गरेर ६ घण्टापछि रिहा गरेको छ ।

सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा काठमाडौंको अनामनगरबाट पक्राउ परेका उनीहरुलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको थियो । महानगरपालिकासँग समन्वय नगरी सार्वजनिक जग्गा मिचेको भन्दै उनीहरुलाई सोमबार बिहान ११ बजे पक्राउ गरिएको थियो ।

रिहा भएपछि संचारकर्मीसँग कुरा गर्दै सपनाले सार्वजनिक हितमा काम गर्दा पक्राउ गर्ने काठमाडौं महानगरको कार्यले आफूलाई निरुत्साहित बनाएपनि निरन्तर अघि बढ्ने बताइन् ।

  • १४ असार २०७८, सोमबार १९:४८ प्रकाशित
  • Nabintech