परिलक्षितद्धारा बाँकेमा ९६ जनालाई खाद्यान्न सहयोग
  • काँचुली खबर

परिलक्षित संस्थाले बाँकेमा ९६ जनालाई खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । जिल्लाका कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाका भित्रका अपांगता समूह र विद्यार्थीलाई कुल ९६ जनालाई खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।

संस्थाका बाँके जिल्ला सामाजिक परिचालक नरबहादुर विष्टले कोरोनाको समयमा लकडाउनको मारमा परेका अपांगता समूह र विद्यार्थीलाई सहयोग गरिएको जानकारी दिए । संस्थाले कोहलपुर नगरपालिका वडा नम्बर ११ र राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ७ सर्रा र फत्तेपुर, वडा नम्बर ८ को पेरानी र वडा नम्बर ९ को ढकेरीमा सो सामग्री वितरण गरेको हो ।

जनप्रतिनिधि र वडा कार्यालयको समन्वयमा सो सामग्री वितरण गरिएको थियो । दाल, चामल, नुन सावुन सेनिटाइजर मास्क कोलगेट लगायतका सामग्री रहेका छन् । संस्थाले गत वर्ष पनि लकडाउनको समस्यामा परेकाहरुलाई सोही सामग्री वितरण गरेको थियो ।

अपांगताको क्षेत्रमा काम गर्दै आइरहेको परिलक्षितले समाजमा रहेका असहाय, विपन्न तथा अपांगता भएका व्यक्तिहरुलाई राहत वितरणका साथै सहयोग गर्दै आएको छ । पहिलो तथा दोस्रो चरणको कोरोनाका कारण समस्यामा परेका अपांगता भएका व्यक्तिहरुले आफूहरुलाई परिलक्षितले सहयोग गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

  • १४ असार २०७८, सोमबार १४:५० प्रकाशित
  • Nabintech