अस्ताए नारायण प्रसाद चालिसे
  • काँचुली खबर

एकिकृत अखिल नेपाल शिक्षक संगठनका नेता नारायण प्रसाद चालिसेको आईतबार अन्तेष्टी गरिएको छ । शनिबार सडक दुर्घटनमा ज्यान गुमाएका चालिसेको मानखोला स्थित घाटमा अन्तेष्टी गरिएको हो ।

४७ वर्षिय चालिसेको पार्थिक शरिरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तिलक शर्मा हिमाल र प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपानेले पार्टीको तथा अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य बिरेन्द्र मल्ल र केन्द्रीय परिषद सदस्य टिकाराम रेग्मीले शिक्षक संगठनको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

सुर्योदय मा.वि. बैजनाथ १ चिसापानीमा अँग्रेजी शिक्षक रहेका चालिसे विद्यालयको कामले शनिबार कोहलपुर देखि चिसापानी तर्फ जादै गर्दा सुर्खेतबाट नेपालगंज तर्फ आउदै गरेको मालबहाक ट्रकले ठक्कर दिएको थियो । दुर्घटना लगत्तै उपचारका लागि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर तर्फ ल्याउदै गर्दा बाटोमा नै चालिसेको निधन भएको उनका भाई हरि चालीसेले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका पार्टी सदस्य तथा अखिल नेपाल शिक्षक संगठनका नेता समेत रहेका मृतक चालिसे जनयुद्धका महान सहित ज्ञाम प्रसाद चालिसे ‘आयाम’ का भाई हुन । आयाम जनयुद्धको क्रममा बाँके र बर्दियामा सहादत प्राप्त गर्ने उच्च तहका नेता हुन ।

नारायण प्रसाद चालिसे अखिल क्रन्तिकारीका पुर्वनेता तथा शिक्षा क्यापस सुर्खेतका पुर्व स्ववियु सचिव समेत थिए । उनि बिगत ८ बर्ष देखि सुर्योदय मा.वि. बैजनाथ १ चिसापानीमा अँग्रेजी बिषयका शिक्षकका रुपमा कार्यरत रहेको बिद्यालयले जनाएको छ । विद्यालयमा शिक्षक तथा विद्यार्थी माझ चालिसे प्रिय पात्र रहेको बिद्यालयका प्रध्यानाध्यापक जय बहादुर बिष्टले जानकारी दिए ।

स्वर्गिय चालिसेको सम्पुर्ण पारिवार नै माओवादी आन्दोलनमा होमिएको र पार्टीले एक असल नेता तथा समाजिक अगुवा गुमाएको नेकपा माओवादी केन्द्र कोहलपुर नगर सचिव बल बहादुर खड्का अबिरलले जानकारी दिए ।

  • १३ असार २०७८, आईतवार १९:०५ प्रकाशित
  • Nabintech