नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरेका १४ जना जनप्रतिनिधिहरुलाई कारबाही गरेको छ ।
सोमबार भर्चुअल बैठक गर्दै माओवादी केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टी अनुशासन उल्लङ्घन गर्नेहरुलाई निष्कासन गर्ने निर्णय गरेको हो ।
यसअघि दल त्याग गर्नेहरुलाई कारबाही गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएपनि त्यसरी गरिएको कारबाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि केन्द्रीय समितिले नै कारबाहीको निर्णय गरेको हो ।
बैठकले माओवादी केन्द्र छाडी नेकपा (एमाले)मा प्रवेश गरेका १४ जनालाई कारबाही गरेको हो । सबैभन्दा बढी रौतहटबाट ७ जना कारबाहीमा परेका छन् । यस्तै, कैलालीबाट ४ जना कारबाहीमा परेका छन् भने सिरहा, महोत्तरी र ओखलढुंगाबाट एक-एक जना कारबाहीमा परेका छन् ।
माओवादीे केन्द्रीय कमिटीको निर्णयको मान्युट निर्वाचन आयोगमा अद्यावधिकका लागि बुझाउने भएको छ ।
को-को परे कारबाहीमा ?
१) रिना कुमार साह, प्रमुख – मौलापुर नगरपालिका, रौतहट
२) सियाराम कुशवाह, प्रमुख – कटहरिया नगरपालिका, रौतहट
३) परनिया देवी, उपप्रमुख – देवाही गोनाही नगरपालिका, रौतहट
४) गौरीशंकर जयसवाल, उपप्रमुख – मौलापुर नगरपालिका, रौतहट
५) कान्ती देवी, उपप्रमुख – फतुवाविजयपुर नगरपालिका, रौतहट
६) सीमलाल साह, उपप्रमुख – माधव नारायण नगरपालिका, रौतहट
७) गीतादेवी शाह, उपप्रमुख – युमनामाई गाउँपालिका, रौतहट
८) समतीलाल दास ताती, सदस्य – लहान नगरपालिका सिरहा
९) शेष फारुक, अध्यक्ष – सम्सी गाउँपालिका, महोत्तरी
१०) छायाँ देवकोटा, उपप्रमुख – भजनी नगरपालिका, कैलाली
११) भागिरथी विष्ट, वडाध्यक्ष – गौरीगञ्ज नगरपालिका-४, कैलाली
१२) शर्मानन्द भट्ट, वडाध्यक्ष – गोदावरी नगरपालिका-१ कैलाली
१३) पुरन विसी, वडाध्यक्ष – बर्दगोरिया नगरपालिका-४, कैलाली
१४) सुरेश कुमार थावा, वडाध्यक्ष – चम्पादेवी गाउँपालिका-१ ओखलढुंगा
७ असार २०७८, सोमबार १५:५४ प्रकाशित