विपक्षीद्धारा लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार
  • काँचुली खबर

विपक्षी गठबन्धनले लुम्बिनी प्रदेश सभाको आइतबार बसेको बैठक बहिस्कार गरेको छ । अल्पमत परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका हुन् ।

असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेको थियो । तर, आज बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली काँग्रेसका वीरेन्द्र कनौडियाले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने बताएपछि काँग्रेस, माओवादी र जसपा सांसदहरु बैठकबाट हिँडेका थिए ।

आजै आय व्ययको छलफल भएपछि विनियोजन विधेयक पेश हुने कार्यसूची थियो ।

  • ६ असार २०७८, आईतवार १७:०५ प्रकाशित
  • Nabintech