आज पनि लुम्बिनी र गण्डकी प्रदेशमा भीषण वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बर्षा हुने छ ।
कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा भीषण वर्षा हुने सम्भावना रहेको छ । त्यसमध्ये पनि लुम्बिनी र गण्डकी प्रदेश क्षेत्रमा अति ठूलो पानी पर्ने महाशाखाले प्रक्षेपण गरेको छ । पछिल्ला दिनमा पनि यी प्रदेशमा ठूलो पानी पर्दा बाढीपहिरो गएको छ ।
आज राति कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुनेछ ।
बिहीबार देशभर बदली रहने र देशका अधिकांश स्थानमा वर्षा हुने अनुमान गरिएको छ। मनसुन सुदूरपश्चिम प्रदेशसम्म सक्रिय रहनेछ । राति सुदूरपश्चिम र बागमती तथा प्रदेश १ मा पनि भारी वर्षा हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभरको मौसम बदली रहनेछ, भने देशका अधिकांश स्थानमा वर्षा हुनेछ । जसमा सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशमा भारी वर्षा हुनेछ ।
निरन्तरको वर्षाले विशेषगरी पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
२ असार २०७८, बुधबार ०७:४८ प्रकाशित