राप्ती, भेरी र बबई लगायतका नदीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह
  • काँचुली खबर

मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका बिभिन्न नदिमा बाढि आउन सक्ने भनदै सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले मंगलवार सूचना जारी गर्दै आगामी ३ दिन कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदीजलाधार लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भई बहने केहि स९साना नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक वहाव हुने बताएको छ ।

उनले ससाना नदी तटीय क्षेत्रमा समेत विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

  • १ असार २०७८, मंगलवार १२:१९ प्रकाशित
  • Nabintech