नेकपा माओवादी केन्द्र नेपालगन्जद्धारा सञ्चालीत ‘कोरोना राहत कोष’ मार्फत राहत वितरण गर्न सुरु गरीएको छ । बिहिबारबाट नगरभित्र रहेका विपन्न तथा बन्दाबन्दीका कारण समस्यामा परेका नगरवासीलाई राहत वितरण सुरु गरीएको हो ।
नेकपा माओवादी केन्द्र बाँकेले ‘कोरोना कोष’ खडा गरि नेपालगन्जको सम्पुर्ण वडामा राहत वितरण अभियान सुरु गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अकल बमले जानकारी दिए । दैनिक मजदुरी गर्ने विपन्न समुदायलाई राहत स्वरुप दाल, चामल, नुन, तेल माक्स र सेनिटाईजर वितरण अभियान सुरु गरीएको बमले बताए । राहत बितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बमका अनुसार बिहिबार पहिलो चरणमा वडा नं. १९ र २० का विपन्न तथा असहाय परिवारलाई राहत विरतण गरीएको छ ।
नेपालमा दोस्रो भेरियान्ट्को कोरोना लहर सुरु भएसँगै लागु गरिएको लकडाउनका कारण समस्यामा परेका नगरवासीहरुलाई लक्षित गर्दै कोरोना कोष स्थापना गरि जनताको सेवामा लागेको माओवादी केन्द्र नेपालगन्ज नगर कमिटी अध्यक्ष डिल्ली बरालले बताए । कोरोनाले भयावह रुप लिएको वेला माओवादी केन्द्रले बाँकेमा बसोबास गर्दै आइरहेका आर्थिक रुपमा कमजोर परिवारलाई निशुल्क उपचार, एम्बुलेन्स सेवा तथा निशुल्क पिसिआर परिक्षणकालागि समेत पहल गर्दै आएको बरालले बताए ।
बिहिबारबाट सुरु भएको राहत वितरण अभियान उपमहानगरपालिका क्षेत्रभित्रका सबै वडामा संचालन गरीने बरालले बताए । अभियानको पहिलो दिन १०० जना विपन्न परीवारलाई राहत वितरण गरीएको र यसलाई हरेक दिन निरन्तरता दिईने बरालले जानकारी दिए ।
राहत वितरण कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य नवीन शर्मा, जिल्ला कमिटी सदस्यहरु रतन शाही, वसन्त मल्ल, मिना चदरा, उषा विक, नगर कमिटी सदस्य धर्मराज छत्याल, नेपालगंज उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य मन्दिरा पाण्डे, वाणिज्य संघका एसोसिएट सदस्य दिपेन्द्र विष्ट लगाएतको सक्रिय सहभागीता रहेको थियो ।
माओवादी केन्द्रले बाँकेको कोहलपुर क्षेत्रमा समेत राहत वितरण अभियान संचालन गर्दै आएको छ । यसका अलावा जिल्ला सबै स्थानिय तहमा रहेका विपन्न समुदायलाई लक्षित गरी रचनात्मक राहत वितरण अभियान संचालनको तयारी भईरहेको माओवामदी केन्द्र बाँकेले जनाएको छ ।
२७ जेष्ठ २०७८, बिहीबार २२:१९ प्रकाशित