बाँकेमा कोरोना संक्रमणको सँख्या ह्यात्तै घटेको छ । पछिल्लो २४ घण्टाको अबधिमा बाँकेका ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँकेले जनाएको छ ।
बाँकेका ३ वटा प्रयोगशालामा १७६ जनाको स्वाव परीक्षण गर्ने क्रममा बाँकेका ५ र बाहिरी जिल्लाका २२ जना गरी जम्मा २७ जनालाई मात्र संक्रमण देखिएको हो ।
डीसीएमसी बाँकेका अनुसार बाँकेमा पछिल्लो २४ घण्टामा जिल्ला भित्रका मृत्यु हुनेको संख्या शुन्य छ भने जिल्ला बाहिरका ४ जनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लामा आज १९ जना डिस्चार्ज हुँदा जिल्ला भित्रका २७४ जना मात्र संक्रिय संक्रमित निको हुने प्रतिक्षामा छन् भने जिल्ला बाहिरका १४१ जना सक्रिय संक्रमितले बाँकेमा उपचार गराईरहेका छन् ।
२७ जेष्ठ २०७८, बिहीबार १८:३५ प्रकाशित