कांग्रेसको १४औँ महाधिवेशन २०७८ भदौमै हुने सभापति देउवाको भनाइ
  • काँचुली खबर

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले २०७८ भदौमा पार्टीको महाधिवेशन हुने बताएका छन् ।

बुधबार एक वक्तव्य जारी गर्दै उनले भनेका छन्,“पार्टीको महाधिवेशन प्राविधिक पवा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।”

देउवाले महाधिवेशन गर्न आफू पूर्ण प्रतिवद्ध रहेको भन्दै भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । कांग्रेसले आउँदो भदौमा तोकिएको महाधिवेशन हुने कि नहुने अन्यौल भइरहेको बेला देउवाले जसरी पनि महाधिवेशन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

“महाधिवेशको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेल सम्पन्न गर्ने कार्य हो,” उनले भनेका छन् ।

असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै पूर्वतयारी सकेर निर्धारित समायमा नै महाधिवेशन गर्ने उनले बताएका छन् ।

  • २७ जेष्ठ २०७८, बिहीबार ०७:३२ प्रकाशित
  • Nabintech