बिद्युत नियमित गराउन बिद्युत वितरण केन्द्रलाई क्रान्तिकारीको ध्यानाकर्षण
  • काँचुली खबर

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) बाँकेले नेपाल बिद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रलाई ध्यानाकर्षण गराएको छ । मंगलबार क्रान्तिकारी बाँकेका संयोजक सुरेन्द्र शाह नेतृत्वको विद्यार्थीको टोलीले नेपालगन्ज वितरण केन्द्रका कार्यालय प्रमुख ईन्जिनियर लखन लला मल्लिकलाई उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपालगन्जमा अत्याधिक मात्रामा बढिरहेको गर्मीको बेलामा बिद्युत वितरण केन्द्र नेपालगन्जले बिना सुचना जतिबेला पायो त्यतिबेला बिद्युत लाइन काटिरहेको भन्दै क्रान्तिकारीले ध्यानाकर्षण पत्र बुझाएको संयोजक शाहले जानकारी दिए ।

बिद्युत प्राधिकरणले कहिले आपूर्ति बन्द गर्ने, कहिले नियमित नहुने, नियमित भएपनि कम भोल्टेज हुने जस्ता समस्याले गर्दा नागरिकले अत्यन्त कष्ट भोगिरहेको भन्दै बिद्युत आपूर्तिको समस्या निराकरण गरी सहज रुपमा फुल फेजमा बिद्युत आपूर्ति गर्न ध्यानाकर्षण गराएको छ । यदी त्यस्तो नभएमा कडा आन्दोलन गरिने क्रान्तिकारीले जनाएको छ ।

  • २५ जेष्ठ २०७८, मंगलवार १६:५७ प्रकाशित
  • Nabintech