सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको ३० मत प्राप्त गर्दै भट्टले विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । विपक्षमा जम्मा ९ मत परेको छ ।
५२ सदस्यीय प्रदेशसभामा १२ जना सभासद अनुपस्थित रहेका थिए । विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक थियो । भट्टलाई आफ्नो पार्टी माओवादी केन्द्रको १३ मत र एमालेको १३ मत परेको छ ।
एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजना सांसदले विपक्षमा मतदान गरेका छन् । मतदानमा कांग्रेसले भने भाग लिएन ।
प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद मात्र छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल एमालेका २५ सांसद, तथा काँग्रेसका १२ सांसद छन् भने जसपाका दुई सांसद छन् ।
प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री भट्ट सरकारले स्थायित्व पाएको छ ।
२५ जेष्ठ २०७८, मंगलवार १२:५५ प्रकाशित