बाँकेमा थप ४ संक्रमितको मृत्यु
  • काँचुली खबर

बाँकेमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ४ संक्रमितको हिजो बेलुका ६ बजेदेखि आज बिहान साढे ५ बजे भित्रमा मृत्यु भएको हो । मृत्यु हुनेमा प्युठानका १, बर्दियाका १, सल्यानका १ र दाङका १ जना रहेका छन ।

जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, ठाकुरबाबा ९, बर्दियाका ६८ बर्षिय पुरुषको हिजो बेलुका ६ बजे नेपालगन्ज मेडिकल कलेज र बागचौर ३, सल्यानका २७ बर्षिय पुरुषको राती १२:१५ बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

त्यसैगरी, प्युठान नगरपालिका ४, प्युठानकी ४७ बर्षिया महिलाको आज बिहान ४:०० बजे भेरी अस्पताल नेपालगन्जमा र लमही नगरपालिका ४, दाङका ५८ बर्षिय पुरुषको आज बिहान ५:३० बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

योसँगै बाँकेमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६०२ पुगेको छ । जसमध्ये, २९६ जना बाँकेका हुन भने, ३०६ जना बाहिरी जिल्लाका हुन ।

  • २१ जेष्ठ २०७८, शुक्रबार १०:४३ प्रकाशित
  • Nabintech