आज बाँकेका ७ जनामा मात्र कोरोना संक्रमण, १०९ जना डिस्चार्ज, १ को मृत्यु
  • काँचुली खबर

बुधवार बाँकेका ७ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । १०९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने १ जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका दुईवटा ल्याबमा परिक्षण गरिएका १३३ नमुना मध्ये, ३९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये, ७ जना बाँकेका हुन भने ३२ जना बाहिरी जिल्लाका हुन ।

मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा परिक्षण गरिएका ५२ नमुनामा ११ जना र बागेश्वरीको प्रयोगशालामा परिक्षण गरिएका ८१ नमुनामा २८ गरी जम्मा ३९ जनामा कोरोना संक्रमण देखिएको हो । भेरी अस्पताल नेपालगन्जले भने नतिजा सार्वजनिक गरेको छैन ।

बाँकेमा आज थपिएका ७ जना समेत गरेर कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ९६ पुगेको छ ।

आज बाँकेका थप १०९ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । आज डिस्चार्ज भएका समेत जिल्लामा कोरोना मुक्त हुनेको संख्या १६ हजार २१५ पुगेको छ । जिल्लामा अब ५८५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन ।

त्यसैगरी, आजै बाँकेका थप १ जना संक्रमितको मृत्यु भएको छ । यो समेत जिल्ला भित्र मृत्यु हुनेको संख्या २९६ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई मृत्यु हुनेको संख्या २९५ पुगेको छ ।

  • १९ जेष्ठ २०७८, बुधबार १६:१९ प्रकाशित
  • Nabintech