प्युठानका एकसहित बाँकेमा थप ४ संक्रमितको मृत्युु
  • काँचुली खबर

बाँकेमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ४ संक्रमितको हिजो राती ८ बजेदेखि आज बिहान साढे १० बजे भित्रमा मृत्यु भएको हो । मृत्यु हुनेमा प्युठानका १, बझाङका १, सुर्खेतका १ र बाँकेका १ जना रहेका छन ।

जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, खप्तडचना ४, बझाङका ६५ बर्षिय पुरुषको गएराती ८:४५ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा, नेपालगन्ज ८, बाँकेका ६७ बर्षिय पुरुषको गएराती १०:३० बजे युनाइटेड अस्पताल नेपालगन्जमा र चौकुने ४, सुर्खेतका ७० बर्षिय पुरुषको आज बिहान ८:३० बजे भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ ।

त्यसैगरी, मल्लरानी गाउँपालिका वडा नम्बर ३, प्युठानका ५२ बर्षिय पुरुषको आज बिहान १०:३० बजे भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ ।

योसँगै बाँकेमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५९१ पुगेको छ । जसमध्ये, २९६ जना बाँकेका हुन भने, २९५ जना बाहिरी जिल्लाका हुन ।

  • १९ जेष्ठ २०७८, बुधबार १४:०५ प्रकाशित
  • Nabintech