चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने भएको छ ।
सोमबार राति ११ बजे काठमाडौंबाट नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ए–३३० जहाज बेइजिङ जाने कार्य तालिका छ ।
एयरलाइन्सका अपरेसन निर्देशक दीपु जुहार्चनका अनुसार जहाजबाट ८ लाख डोज खोप ल्याइने छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको अनुरोधमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । त्योमध्ये बेइजिङबाट ८ लाख डोज ल्याउने जिम्मेवारी आफूहरुलाई दिइएको जुहार्चनले जानकारी दिए ।
खोप लिएर जहाज मंगलबार दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने छ ।
१७ जेष्ठ २०७८, सोमबार ११:०९ प्रकाशित