नेकपा माओवादी केन्द्र कोहलपुरद्धारा सञ्चालीत कोरोना राहत कोषमा आईतबारसम्म ३ सय जनालाई खद्यान्न राहात बितरण गरिएको छ । बिपन्न समुदायका लागि पार्टी कार्यकर्ता तथा सुवेच्छुकबाट संकलन गरिएको राहात कोहलपुर ११, ६ र २ नं. वडाका बिपन्न, अपाङ्ग तथा बृद्धबृद्धालाई उपलब्ध गराईएको हो । प्रति ब्यक्तिलाई २५ केजि चामलका दरले राहात बितरण गरिएको माओवादी केन्द्र कोहलपुरका संयोजक तथा राहत संकलन तथा बितरण समिती संयोजक तुला राज बिष्ट बिहानीले जानकारी दिए ।
‘हुने खानेले हुदा खानेलाई’ भन्ने नाराका साथ सुरु गरिएको राहत संकलनमा पार्टीका बिभिन्न वडा कमिटी तथा सुबेच्छुकहरुले खाद्यान्न दिने क्रम जारी रहेको र संकलनका आधारमा दैनिक बितरण गर्ने गरिएको माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले जानकारी दिए । न्यौपानेले कोरोना महामारीका कारण चुलो बाल्न समस्या भएकाहरुलाई खबर गर्न समेत आग्रह गरेका छन । उनले लकडाउन अबधिभर राहत संकलन तथा बितरण जारी रहेको नेता न्यौपानेले जानकारी दिए ।
माओवादी केन्द्रले राहत बितरण बाहेक कोहलपुर क्षेत्रमा कोरानाका कारण मृत्यु भएकाहरुको नि:शुल्क रुपमा शव व्यवस्थापन गर्दै आएको छ । साथै माओवादी केन्द्रले कोरोना पोजेटिभ भएकाहरुका घरघरमा पुगेर स्वास्थ्य सल्लाह समेत दिने गरेको न्यौपानेले बताए ।
यसैबिच आईतबार जिवन ज्योति स्कुलद्धारा ३० बोरा, माओवादी केन्द्र कोहलपुर २ द्धारा २० बोरा र माओवादी केन्द्र कोहपुर ५ द्धारा ५० बोरा चामल राहत स्वरुप संकलन भएको थियो । माओवादी केन्द्रको पहलमा सञ्चालीत राहत कोषका लागि माओवादी केन्द्रका नेताहरु नरेन्द्र न्यौपाने, अवराज खड्का, तुला राज बिष्ट बिहानी, अवराज खड्का, प्रेस संगठनका केन्द्रीय सदस्य प्रदिप वाग्ले प्रेस संगठनका नेताहरु शिव कुमार सुनार, राजेश आचार्य, संगिन शर्मा लगाएतको सक्रिय सहभागिता रहेको थियो ।
आईतवारको राहत बितरणमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बाँके क्षेत्र नं. १ का संघिय सांसद महेश्वर गहतराज अथक लगायतको पनि सहभागिता रहेको थियो । सांसद अथकले महामरीको समयमा कसैलाई भोको रहन नदिने माओवादी केन्द्रको अभियान प्रशंसनिय रहेको बताए । सांसद अथक राहात संकलन र बितरणमा संक्रिय रुपमा लागेका छन ।
१६ जेष्ठ २०७८, आईतवार १७:१३ प्रकाशित