कोहलपुर नगरपालिका १० मा रहेको जिवन ज्योती स्कुलले नेकपा माओवादी केन्द्र कोहलपुरले सञ्चालन गरेको राहत कोषमा ४० हजार बराबरको खाद्यान्न सहयोग गरेको छ ।
स्कुलले विपन्नहरुका लागी सञ्चालीत राहत कोषमा ४० हजार बराबरको ३० बोरा चामल सहयोग गरेको जिवन ज्योती स्कुलका लेखा अधिकृत कल्याण तिमिल्सेनाले जानकारी दिए । स्कुलका प्रिन्सिपल फा. जोमन जेम्सले स्कुलले गुणस्तरीय शिक्षाका साथ साथै बिपन्नहरुकालागि बिभिन्न खाले सहयोग गर्दै आएको बताए ।
उनका अनुसार जिवन ज्योति स्कुलले कोहलपुरमा सञ्चालीत खाद्य बैकका ५० बोरा चामल, कोहलपुर नगरपालिको समाजिक बिकास शाखा मार्फत बालबालिका तथा बृद्धबृद्धा पौष्टिक आहार तथा स्वाथ्य समाग्रि र कोहलपुरमा सञ्चालीत कोभिड अस्पताल र ईलाका प्रहरी कार्यालय कोहलपुरलाई लाखौ मुल्यको स्वाथ्य समाग्री समेत बितरण गरि सकिएको जानकारी दिए । उनले स्कुलमा विद्यार्थिहरुको तर्फ बाट र स्कुलका तर्फबाट छुटा छुटै सहयोग कोष सञ्चालन गरिएको समेत जानकारी दिए ।
माओवादी केन्द्र कोहलपुरले हुने खानेले हुँदा खानेहरुकालागि सहयोगका लागि भन्दै राहत कोष सञ्चालन गरेको छ । पहिलो चरणमा आफ्ना कार्यकर्ताहरुबाट झण्डै ३ सय बोरा चामल बितरण गरिसकिएको माओवादी केन्द्र कोहलपुरका संयोजक तुला राज बिष्ट बिहानीले जानकारी दिए ।
माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले पार्टीको तर्फबाट सञ्चालीत राहत कोषमा सहयोगका लागि सबैलाई अपिल समेत गरेका छन । लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादरीमा काम गरेर खाने मजदुर, एकल असाहाय महिला तथा पुरुष, अपाङ्ग र बिपन्न समुदायलाई लक्षित गरि राहत संकलन तथा बितरण भईरहेको समेत उनले जानकारी दिए । महामारीको समयमा चुलो नबले आफुहरुलाई खबर गर्न नेता न्यौपानले आग्रह गरेका छन ।
१६ जेष्ठ २०७८, आईतवार १५:४५ प्रकाशित