सरकारले सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा घोषणा गरेको छ ।
अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गरेका हुन् ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको उनले बताए । सरकारले निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा गरेको छ ।
१५ जेष्ठ २०७८, शनिबार १६:५३ प्रकाशित