भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्यकर्मी कुटपिटको घटनालाई लिएर युवा संघ बाँकेले एक बिज्ञप्ति निकालेर आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
युवा संघ नेपाल बाँकेका अध्यक्ष कुस्माखर बस्याल र सचिव सुनिल रसाइलीले हस्ताक्षर गरेको बिज्ञप्तिमा स्वास्थ्यकर्मी कुटपिट गर्ने जो कोहि भए पनि कडा कारबाही गर्न माग गरीएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कोरोना कहरमा फ्रन्टलाइनमा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुको मनोबल घट्ने क्रियाकलाप भैरहेकोले सो को बिरोध गर्दै युवा संघले त्यस्ता क्रियाकलापमा संलग्नलाई प्रशासन तथा सम्बद्ध निकायले कडा कारबाही नगरे युवा संघ बाँके आफैले कारबाही गर्ने चेतावनी दिएको छ ।
युवा संघ बाकेले जारी गरेको बिज्ञप्तिमा अगाडी लेखिएको छ, ‘कोरोना संक्रमणको उपचार तथा नियन्त्रणमा बाँकेका स्वास्थ्यकर्मीले खेलेको भुमिका प्रशंसा योग्य रहेको सबैमा जानकारी नै छ । र स्वास्थ्यकर्मीको मनोबल खस्कने गरि भएका यस्ता घटनाले कोरोना रोकथाम र नियन्त्रणमा उल्लेख कार्य गर्न समेत बाधा आउने हुँदा भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथी भएको हातपात र आक्रमणको निन्दा गर्दै युवा संघ नेपाल बाँके दोषी माथि कडा भदा कडा कारबाहीको माग गर्दछ ।’
विज्ञप्तीमा अगाडी भनिएको छ, ‘कोरोना संक्रमण र उपचारमा खटिने फ्रन्टलाइनर स्वास्थ्यकर्मीमाथी हुने यस्ता निन्दनीय कार्य युवा संघलाई सह्य नहुने र यस्ता क्रियाकलापमा संलग्न जो कोहिलाई पनि कडा कारबाही प्रशासन संग युवा संघ माग गर्दछ र युवा संघको मागको बेवास्ता गरे युवा संघ बाँकेले नै त्यस्ता क्रियाकलापमा संलग्नलाई कारबाही गर्ने छ ।’
भेरी अस्पताल नेपालगन्जमा उपचाररत दाङका कोरोना संक्रमितको मृत्यु पछि मृतकका आफन्तिले स्वास्थ्यकर्मीमाथी कुटपिट गरेका थिए । जसको कारण स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन् । आफ्नो जिउज्यानको सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मी अहिले आन्दोलनमा छन् । जसको कारण कोरोना संक्रमितको उपचारमा समस्या सृजना हुन सक्ने बताइएको छ ।
१४ जेष्ठ २०७८, शुक्रबार १३:०५ प्रकाशित