स्वास्थ्यकर्मी कुटिएको विषयमा किन मौन छन पोखरेल ?
  • काँचुली खबर

भेरी अस्पतालका चिकित्सक, नर्शमाथी भएको आक्रमणको चौतर्फि बिरोध भइरहेको छ । काँग्रेस सभापती शेरबहादुर देउबा, नेकपा माओबादि केन्द्रका अध्यक्ष प्रचण्ड, माओबादि नेता जनार्दन शर्मा प्रभाकर , जसपाका नेता मोहम्मद ईस्तियाक राई लगायतले घटनाको बिरोध गर्दै दोषिलाई कारबाही गर्न माग गरेका छन । तर, लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने यो घटनामा मौनता साधेका छन ।

साना-साना घटना सामाजिक सन्जालमा प्रतिक्रिया जनाइरहने पोखरेल स्वास्थ्यजस्तो संबेदनसिल क्षेत्रमा अमानबिय तरिकाले भएको घटनाको बारेमा मौन छन । मुख्यमन्त्रीको मौनतालाई अर्थपुर्णरुपमा लिइएको छ । राजनितिक घटनाक्रममा दिनहुँ नै सामाजिक सन्जालमा लेखिरहने पोखरेलको यो बिषयमा धारणा अझै आएको छैन भने सत्तारुढ पार्टी नेकपा एमालेको पनि कुनै धारणा अहिलेसम्म बाहिर आएको छैन ।

आक्रमणको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता मानबहादुर रावत मुख्यमन्त्री शंकर पोखरेल नजिकका हुन । उनि ओलि समुहमा छन । पक्राउ परेका व्यक्ति मृतकका भाइ रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य पनि हुन् । राजनीतिक पहुँच भएकोले प्रहरीले उनलाई छाड्न सक्ने भन्दै स्वास्थ्यकर्मीले खबरदारी गरिरहेका छन्।

रावत यसअघि तुलसीपुर उपमहानगरपालिकामा सुब्बा हुँदा मेयर घनश्याम पाण्डेका स्वकीय सचिव थिए । एक जना कार्यपालिका सदस्यमाथि अभद्र व्यवहार गरेको आरोपपछि उनको जागिर गएको थियो । उनी एमाले दाङ जिल्ला सचिवालय सदस्य पनि हुन् । देउखुरीकी एक जना महिलामाथि बलात्कार अभियोगमा उनीमाथि मुद्दा पनि चलेको थियो ।

राजनीतिक शक्ति र सत्ताको आडमा जोगिँदै आएका व्यक्ति पुनस् स्वास्थ्यकर्मीमाथि हातपातमा उत्रिएकोले छानविन गरी दोषी पाइएमा कानुनअनुसार कारवाही गर्न स्वास्थ्यकर्मीहरूले माग गरेका छन् । उनि सहित अहिले मृतकका दुबै छोराहरु प्रहरी नियन्त्रणमा छन ।

  • १४ जेष्ठ २०७८, शुक्रबार ११:५८ प्रकाशित
  • Nabintech