बिहीवार बाँकेका थप ११९ जनामा कोरोना संक्रमण देखिएको छ । १७७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने ४ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका ६७० नमुना मध्ये, ३०९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये, ११९ जना बाँकेका हुन भने १९० जना बाहिरी जिल्लाका हुन ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा परिक्षण गरिएका ४३६ नमुनामा २३२ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा परिक्षण गरिएका ८४ नमुनामा २१ जना र बागेश्वरीको प्रयोगशालामा परिक्षण गरिएका १५० नमुनामा ५६ गरी जम्मा ३०९ जनामा कोरोना संक्रमण देखिएको हो ।
बाँकेमा आज थपिएका ११९ जना समेत गरेर कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ९३७ पुगेको छ ।
आज बाँकेका थप १७७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । आज डिस्चार्ज भएका समेत जिल्लामा कोरोना मुक्त हुनेको संख्या १५ हजार ४४० पुगेको छ । जिल्लामा अब १ हजार २११ जना सक्रिय संक्रमित उपचाररत रहेका छन ।
त्यसैगरी, आजै बाँकेका थप ४ जना संक्रमितको मृत्यु भएको छ । यो समेत जिल्ला भित्र मृत्यु हुनेको संख्या २८६ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई मृत्यु हुनेको संख्या २६४ पुगेको छ ।
१३ जेष्ठ २०७८, बिहीबार १६:४८ प्रकाशित