फाइल फोटो
बाँकेका दुइवटा अस्पतालमा उपचाररत थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनिहरुको हिजो बेलुका ७ बजेदेखि आज बिहान ७ बजेको समय अवधि १२ घण्टा भित्र मृत्यु भएको हो ।
मृत्यु हुनेमा २ जना बाँके, २ जना बर्दिया, १ जना दाङ, १ जना कैलाली र १ जना कंचनपुरका रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
उनका अनुसार, नेपालगन्ज उपमहानगरपालिका २० का ५७ बर्षिय पुरुषको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा हिजो बेलुका ७:१५ बजे, जानकी गाउँपालिका ९, कैलालीका ७४ बर्षिया महिलाको भेरी अस्पतालमा ७:२० बजे, भेरीमै बासगढी नगरपालिका ५, बर्दियाका ७५ बर्षिया महिलाको ७:३० बजे र नेपालगन्ज उपमहानगरपालिका २० का ५५ बर्षिया महिलाको राती १२:४० मृत्यु भएको छ ।
त्यसैगरी, पुनर्वास नगरपालिका ६, कंचनपुरका ४७ बर्षिया महिलाको मेडिकल कलेज कोहलपुरमा आज बिहान २ बजे, घोराही उपमहानगरपालिका ३, दाङका ५६ बर्षिया महिलाको सोही अस्पतालमा बिहान २:४५ बजे र गुलरिया नगरपालिका ५, बर्दियाका ८० बर्षिय पुरुषको भेरी अस्पतालमा बिहान ७ बजे मृत्यु भएको ओलीले जानकारी दिए ।
योसगै बाँँके जिल्ला भित्रका मृत्यु हुनेको संख्या २८४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचार गराउन बाँके आई मृत्यु हुनेको संख्या २६४ पुगेको छ ।
१३ जेष्ठ २०७८, बिहीबार ०८:०३ प्रकाशित